काठमाडौं । क्रोएसियामा शक्तिशाली भूकम्प गएको छ । मंगलबार ६.४ रेक्टर स्केलको उक्त भूकम्पबाट कम्तीमा ७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक १२ वर्षीया बालिकासमेत रहेको बीबीसीले लेखेको छ । उनको पेट्रिन्जामा ज्यान गएको हो ।
पाँच जनाको ग्लिना शहर नजिकै ज्यान गएको हो । त्यस्तै सातौं व्यक्तिको ज्यान जाजिना चर्चमा भएको मिडिया रिपोर्टमा जनाइएको छ ।
थुप्रै मानिस घाइते भएका छन् । उद्दारको कार्य जारी रहेको जनाइएको छ । भूकम्पको झड्का बोस्निया, सर्बिया र इटालीमा समेत महसुस गरिएको थियो ।
मंगलबार अर्को कमजोर धक्कासमेत महसुस भएको थियो । २० हजार घर भत्किएको जनाइएको छ ।