काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित थप ६ हजार भन्दा बढीलाई निको भएको छ । मंगलबार २० हजार ५२९ जना संक्रमित थपिएकामा २६ हजार ५७२ जनालाई निको भएको छ ।
अहिलेसम्म भारतमा कोरोना संक्रमित हुने १ करोड २ लाख ४५ हजार ३२६ जना रहेका छन् । ९८ लाख ३३ हजार ३३९ जनालाई निको भएको छ ।
हाल २ लाख ६० हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार २८५ जनाको ज्यान गएको छ । अहिलेसम्म १ लाख ४८ हजार ४७५ जनाको ज्यान गएको छ ।
पीडित केरल
भारतमा कोरोना नियन्त्रणतर्फ उन्मुख भएका बेलामा केरलमा भने पछिल्लो समय निकै नै संक्रमित थपिएका छन् । दैनिक अन्य राज्यभन्दा केरलमा बढी नै संक्रमित थपिने गरेका छन् ।
मंगलबार ५ हजार ८८७ जना संक्रमित थपिएका छन् । अहिलेसम्म ७ लाख ४९ हजार ४५१ संक्रमित पुगेका छन् । मंगलबार २४ जनाको ज्यान गएसँगै मृतक ३ हजार १५ पुगेका छन् ।
शीर्ष स्थानको महाराष्ट्रमा ३ हजार १८ जना संक्रमित थपिएका छन् । उत्तर प्रदेशमा १ हजार २१ जना थपिँदा नेपालसँग सीमा जोडिएको बिहारमा ६२२ जना थपिएका छन् ।
भारतको राजधानी दिल्लीमा भने ७०३ जना संक्रमित थपिएका छन् ।
भारतमा बेलायतमा पछिल्लो समय देखिएको दोस्रो स्ट्रेनको कोरोना भाइरसका ६ संक्रमित समेत देखिएका छन् ।
बेलायतबाट आएका भारतीयहरुमा उक्त संक्रमण पाइएको हो । यो तीव्र गतिमा फैलिँदै आएको छ ।