arrow

काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन

logo
प्रकाशित २०७७ पुष १५ बुधबार
Bus-new-delhi.jpeg

काठमाडौँ । घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ ।  घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व-पश्चिम यातायात प्रालिको आज बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

मुस्ताङको जोमसोम, मुक्तिनाथ, म्याग्दीको दर्वाङ, बागलुङमा बससेवा सञ्चालन गरेको घोडाघोडी यातायात प्रालिले पहिलोपटक मध्यपहाडी राजमार्ग हुँदै रुकुमपूर्व बससेवा सञ्चालन गर्न लागेको हो । घोडाघोडी यातायात प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको चाहनालाई ध्यानमा राखेर काठमाडौँदेखि पोखरा, बागलुङ हुँदै रुकुमपूर्व बस सञ्चालन गर्न लागेको जानकारी दिए ।

 बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्ने छन् । घोडाघोडी यातायात प्रालिमा हाल ३० बस सञ्चालनमा रहेका छन् । उक्त प्रालिका बस पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्दछन् । 



लोकप्रिय समाचार
नयाँ