काठमाडौं । कोरोना भाइरसको महामारीका बेला विश्वभर विभिन्न किसिमका घटनाहरु घटिरहेका छन् ।
यसैबीच अस्पतालको शौचालयमा कोरोना संक्रमितसँग यौन सम्पर्क गर्नका पीपीई फुकालेको स्वीकार गरेपछि एक नर्सलाई निलम्बन गरिएको छ ।
घटना इन्डोनेसियाको कोरोना भाइरस संक्रमित रहेको अस्पतालको हो । यो घटनापछि नर्स र संक्रमित दुवैलाई त्यहाँको ‘अश्लिल हर्कत’विरुद्धको कानुन अन्तर्गतको मुद्दा चलाइएको छ ।
ती संक्रमितले सामाजिक सञ्जालमा सेयर गरेको पोष्टबाट यो घटना सार्वजनिक हुन पुगेको हो । उनको पोष्ट भाइरल भएपछि अनुसन्धान गरिएको र पछि नर्स र संक्रमित दुवैले घटनालाई स्वीकार गरेका हुन् ।
पछि दुवै जनाको कोरोना परीक्षण गरिएको थियो । ती युवकलाई पोजेटिभ देखिएको छ भने युवतीलाई नेगेटिभ देखिएको छ ।एजेन्सी