नेपालगंज । नेपाली कांग्रेस बाँकेले नेपालगंज उपमहानगरपालिका १८ निवासी क्रियाशिल सदस्य डिल्लीबहादुर चन्दलाई सामाजिक संजाल फेसबुकमा लेखेको पुरानो स्टाटसकै आधारमा गिरफ्तार गरिएको भन्दै आपत्ति जनाएको छ ।
चन्दले फेसबुक स्टाटसमा महेश बस्नेत, सर्वेन्द्र खनाल लगायतले सांसद अपहरण गरेको भन्दै करिब ७र८ महिना अघि स्टाटस लेखेका थिए । सोही स्टाटसलाई आधारमानी अपहरण शैलीमा पक्राउ गरि वेपत्ता पारिएको कांग्रेस बाँकेद्धारा जारी विज्ञप्तीमा भनिएको छ । चन्दको पक्राउ त्यो समयमा भएको छ जुनबेला बस्नेत नेपालगञ्ज क्षेत्रमा रहेका थिए ।
गोरखाज फाइनान्समा कार्यरत चन्द ड्युटी रहेको समयमा १४ गते पुस राती गिरफ्तार गरी बेपत्ता पारिएको कांग्रेस बाँकेले भनेको छ । चन्दको तत्काल परिवार र सुभेच्छुकसँग सम्पर्क गराइ रिहाइ गर्न नेपाल सरकार र सम्वन्धित पक्षसँग विज्ञप्तीमार्फत कांग्रेसले आग्रह गरेको छ ।
अन्यथा कांग्रेस कडा कदम चल्न बाध्य हुने बाँके कांग्रेसका उपसभपति सुनिल नरसिंह राणाद्धारा बुधबार जारी विज्ञप्तीमा भनिएको छ ।