arrow

एथ्लेटिको शीर्ष स्थानमा, लिग जितको आधार सुआरेज 

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
athletico-madrid2.jpg

काठमाडौं । एथ्लेटिको मड्रिडले यो सिजनको स्पेनिश लिग ला लिगा फुटबलको उपाधि जित्ने संकेत ल्याएको छ । एथ्लेटिकोले जितसँगै सन् २०२० को बिदाई गर्दा अंकको अन्तर पनि बढी नै राखेको छ । 

लुइस सुआरेज बार्सिलोनाबाट एथ्लेटिको गएपछि एकाएक एथ्लेटिकोलाई उपाधिको दावेदार मानिएको छ । उसले राम्रो प्रदर्शन गर्दै आएको छ । बुधबार राति घरेलु मैदानमा उसले गेटाफेलाई १–० गोल अन्तरले हरायो ।

लुईस सुआरेजले विजयी गोल गरे । उनले खेलको २० औं मिनेटमा हेडमार्फत घरेलु टोलीका लागि विजयी गोल गरेका हुन् ।

यो खेलमा प्रशिक्षक डिएगो सिमोनले रेकर्ड राखेका छन् । उनले एथ्लेटिकोबाट ५ सय खेल पूरा गरेका हुन् । सिमोन सन् २०१४ पछि पहिलो पटक लिग उपाधिको दौडमा अघि देखिएका छन् । उनले क्लबबाट ३ सय १ खेलमा जित हासिल गरेका छन् ।

अन्य खेलको नतिजा
सेल्टाभिगो २–१ हुएस्का
इल्चे १–१ रियाल मड्रिड

अंक तालिका
शीर्ष स्थानको एथ्लेटिकोको १४ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानको रियाल मड्रिडको १६ खेलबाट ३३ अंक छ । 

तेस्रो स्थानको रियाल सोसिडाडको १६ खेलबाट २६ अंक छ । 

१५ खेलबाट २५ अंकको बार्सिलोना छैटौं स्थानमा छ । 



लोकप्रिय समाचार
नयाँ