काठमाडौं । कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । बुधबार एकैदिन७ लाख १९ हजार नयाँ संक्रमित थपिएका छन् । ७ लाख १८ हजार ९१४ संक्रमित थपिएका हुन् ।
बुधबार एकैदिन १४ हजार ७४४ जनाको ज्यान गएको छ । सबैभन्दा बढी अमेरिकामा २ लाख ३४ हजार ५५० जना संक्रमित थपिए । अमेरिकामा अहिलेसम्म २ करोड २ लाख १६ हजार ९९१ जना संक्रमित पुगेका छन् ।
बुधबार एकैदिन ३ हजार ८८० जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म ३लाख ५० हजार ७७८ जनाको ज्यान गइसकेको छ । ७८ लाख ६७ हजार ४१९ जना सक्रिय संक्रमित रहेका छन् ।
बुधबार ब्रजिलमा ५५ हजार ८५३, बेलायतमा ५० हजार २३, रुसमा २६ हजार ५१३, फ्रान्समा २६ हजार ४५७, भारतमा २१ हजार ९५७ जना संक्रमित थपिए ।
जर्मनीमा १९ हजार २८५, दक्षिण अफ्रिकामा १७ हजार ९८६, चेचियामा १६ हजार ३२९, इटालीमा १६ हजार २०२ जना संक्रमित थपिए ।
ज्यान गुमाउनेमा ब्रजिलमा १ हजार २२४, मेक्सिकोमा ९९०, बेलायतमा ९८१, जर्मनीमा ७५२ र रुसमा ५९९ जना हुन् । त्यस्तै पोल्याण्डमा ५६५, दक्षिण अफ्रिकामा ४६५, फ्रान्समा ३०३ र भारतमा २९९ जनाको ज्यान गएको हो ।