arrow

घट्यो सुनको भाउ

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
gold-jewellery.jpg

काठमाडौँ । स्थानीय बजारमा बिहिबार पहेंलो धातुको मूल्य प्रतितोला रु १०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला रु ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला रु ९१ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला रु ९१ हजार ९५० मा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा रु १०० ले घटेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र बिहिबारसमेत प्रतितोला रु एक हजार २०० मा कारोवार भएको छ ।



लोकप्रिय समाचार
नयाँ