काठमाडौं । विभिन्न मुलुकहरुले आफ्नो देशमा उत्पादित परीक्षणमा सफल देखिएको खोप प्रयोगका लागि स्विकृत गरेसँगै चीनले पनि आफ्नो देशमा निर्मीत खोपलाई स्विकृत गरेको छ ।
चिनियाँ औषधि कम्पनी सिनोफार्मले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई प्रयोगका लागि चिनियाँ अधिकारीहरुले स्विकृती दिएका हुन् ।
तीन दिनअघि सिनोफार्मले तेस्रो चरणको क्लिनिकल परीक्षणमा उक्त खोप ७९।३४ प्रतिशत सफल देखिएको बताएको थियो । तीनदिनपछि बिहीबार चिनियाँ अधिकारीहरुले खोपलाई प्रयोगका लागि स्विकृत गरेका हुन् ।
कम्पनीले गत डिसेम्बर १५ यता करिब ३० लाखभन्दा बढी डोज खोप जोखिम पूर्ण समुहलाई दिइसकेको छ । खोप दिइएकाहरुमा कोरोनाविरुद्ध लड्न सक्ने एन्टी बडी तयार भएको र खोप सुरक्षित रहेको सिनोफार्मले दाबी गरेको छ।
यद्यपि, खोपको परीक्षण र खोप दिइएपछि देखिएको असर एवं प्रभावकारीताबारे चीनले कुनै किसिमको पनि तथ्यांक सार्वजनिक गरेको छैन् । खोप लगाइएकामा कुन समुहलाई कस्तो असर गर्यो एवं अन्य जोखिमसम्बन्धी समेत कुनै तथ्यांक सार्वजनी गरेको छैन् ।
नोबेम्बरदेखि नै १० लाख मानिसले सिनोफार्मको खोप पाएको कम्पनीका अध्यक्षले बताएका छन् । तर, कम्पनीले विकास गरेका दुई खोपमध्ये कुन खोप दिइएको हो भन्ने नै स्पष्ट छैन ।
चीनले भने विश्व स्वास्थ्य संगठनको मापदण्ड पुगेको भन्दै खोप दिन थालेको छ । चीनले विकास गरेको खोप फाइजर, एस्ट्राजेनेकाको जति प्रभावकारी छैन् ।
डिसेम्बर ९ मा युएईले बनाएको खोप समेत ८६ प्रतिशत सफल देखिएको थियो । चीनको खोप युएईको खोप जति समेत प्रभावकारी छैन् ।