कपिलवस्तु । बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शिवराज नगरपालिका वडा ३ मदवा घर भएकी १६ वर्षिय दिपा रोकाको हत्या गरेको अरोपमा शिवराज नगरपालिका ४ बस्ने २० वर्षिय अल्ताफ बढईलाई प्रकाउ गरि बिहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
खोलामा माछा मार्न गएका बढईले बालिकालाई जिस्काउँदा बालिकाले प्रतिवाद गरेकोले वालिकाको घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
घटनास्थलमा वढईको पर्स भेटिएको र वालिकाको मोवाईल युवक सँग फेला परेकोले थप अनुसन्धान भइरहेको अधिकारीले बताए । गत पुस ११ गते बाट सम्पर्क बिहिन भएकी रोकाको शव दुइ दिन पछि जवाई खेलामा फेला परेको थियो ।
गत शनिबार ११ गते देखी हराइरहेकी दिपाको शब सोमबार फेला परेको थियो । आरोपीलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को न्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी आवश्यक कार्वाही हुने प्रहरीले जनाएको छ ।