arrow

थप पाँच सय चौतीसमा संक्रमण, नौ जनाको मृत्यु

logo
प्रकाशित २०७७ पुष १६ बिहिबार
covid-test-positive-corona.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा छ हजारमा पिसिआर परीक्षण गर्दा ५३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये १९६ महिला र २३८ पुरुष रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या छ हजार ३७८ रहेको छ । गत २४ घण्टामा ४४७ जना निको भएका छन् भने कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५२ अजार ३५९ पुगेको छ ।

हालसम्म नेपालमा दुई लाख ६० हजार ५९३ जना कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८५६ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ