रुपन्देही । राजश्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र राजश्व सम्बन्धि मुद्धामा धन्किएको भारतीय कन्टेनरमा विहिवार पेस्तोल फेला परेको छ ।
जिएल सुन्य ६एजेड ६३५९ नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक एंव प्रवक्ता सत्यनारायण थापाले जनाएका छन् ।
उक्त ट्रकको एयर फिल्टर भित्र लुकाई राखेको अवस्थामा विबल ३२ लेखेको कम्पनी मेड जस्तो देखिने पेस्तोल फेला पारेको र उनका अनुसार थप आवश्यक अनुसन्धान भैरहेको वताए ।