arrow

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनबाट एक महिनामै १० करोड लिटर डिजेल भित्रियो

ढुवानीमा १ अर्ब खर्च बच्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १६ बिहिबार
pipeline-india-nepal-oil.jpg

काठमाडौं । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट पहिलो पटक एक महिनामा १० करोड लिटर पेट्रोलयम पर्दाथ नेपाल भित्रिएको छ । भारत र नेपालबीच इन्धन आपूर्ति सहजताका लागि निमार्ण गरिएको यो पाइपलाईनबाट पहिलो पटक दश करोड लिटर डिजेल आपूर्ति भएको हो ।

नेपालस्थित भारतीय दुतावासले ट्विटरमार्फत जानकारी दिँदै पाइपलाईन बनेयता एकै महिनामा दश करोड लिटर डिजेल आपूर्ति गरेर कोशेढुङ्गा सावित गरेको बताएको छ। नेपाललाई ठूलो सहयोग पुगेको उल्लेख गरेको छ । पाइपलाईन बनेयता पेट्रोलियम पदार्थ आपूर्तिमा खर्च समेत कम भएको नेपाल आयल निगमले जनाएको छ । पाइपलाइनबाट डिजेल आपूर्ति गर्दा करिब १ अर्ब नेपाली रुपैयाँ बराबरको खर्च जोगिएको बताइएको छ । 

दुईपक्षले यति ठूलो मात्रामा इन्धन पाइपलाइनबाट निर्यात र आपुर्ति गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । ट्यांकर मार्फत पेट्रोलियम पदार्थ आयात गर्दा चोरी हुने, लिक हुने, आपूर्तिमा ढिलाई हुने जस्ता अनेकौं समस्याहरु हुने गरेका थिए ।

मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाईनले केही हदमसम्म भएपनि त्यसलाई न्युनिकरण गरेकोमा नेपाल र भारत दुवैपक्षले यो योजनालाई सफल रुपमा हेरेका छन् । ६९ किलोमिटर लामो यो पाइप लाइनको गतबर्ष नेपाल र भारतका प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । यसको सफलताबाट उत्साहित आयल निगमले पूर्वको झापामा पनि पाइपलाइनको काम शुरुवात गर्ने चरणमा गृहकार्य गरिरहेको छ ।  



लोकप्रिय समाचार
नयाँ