arrow

रामहरी श्रेष्ठ हत्याकाण्डका फरार अभियुक्त कालिबहादुर बालुवाटारमा, प्रहरी हेरेको हेर्‍यै

उज्जनकुमार श्रेष्ठ हत्याका दोषी बालकृष्ण, रौतहटका बबन सिंह पनि ओली गुटमै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १६ बिहिबार
baban-kali-bahadur-balkrish.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी राजनीतिक रुपमा विभाजित भएपछि कानुनबाट फरार रहेका पूर्व माओवादीका डिभिजन कमाण्डर कालीबहादुर खामका लागि फलिफाप हुने भएको छ।रामेछापका रामहरी श्रेष्ठको हत्याकाण्डमा मुछिएर १२ बर्षदेखि फरार रहेका खाम ओली समूहमा लाग्ने भएपछि उनको मुद्धा पनि सहजीकरणतर्फ उन्मुख हुने देखिएको छ। 

बुधबार सुदुरपश्चिम प्रदेशको नेता कार्यकताहरुको भेलामा प्रधानमन्त्री ओलीले कालीबहादुर खामको नाम लिएसँगै बेलुकी वालुवाटारमा भेटघाट भएको थियो । उच्च सुरक्षा स्रोतका अनुसार खाम र अर्का डिभिजन कमाण्डर धनबहादुर मास्कीले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका थिए । ओलीले प्रचण्डलाई देखाउनकै लागि भएपनि खाम लगायतको पूर्व माओवादीको टोलीलाई आफ्नो समूहमा प्रवेश गराउने तयारी गरेका हुन् । प्रहरीको खोजी सूचीमा रहेका खामलाई भेट गराउने चाजोपाँजो भने गृहमन्त्री समेत रहेका रामबहादुर थापाले गरेका थिए । ‘गृहमन्त्रीज्यूकै गाडीमा खाम आएका थिए प्रधानमन्त्रीलाई भेटेर गए’, वालुवाटारस्थित एक प्रहरी अधिकृतले भने । प्रहरीको सूचीमा उनी अझै फरार रहेका छन् । पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डरहरु युगान्त, अर्जुन, उषाकिरण साथै रोल्पा जिल्लाका पुराना नेता रेशम पुन चट्याङ, बि बि खराल, दुर्गा पोख्रेलसँगै खाम पनि गृहमन्त्रीलाई भेट्न पुगेका थिए ।

उज्जनकुमार श्रेष्ठ हत्याका दोषी बालकृष्ण, रौतहटका बबन सिंह पनि ओली गुटमै

ओखलढुंगाका बालकृष्ण ढुंङ्गेल पनि ओली समूकै केन्द्रीय सदस्य बनेका छन् । उनी उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर भई जेल भुक्तान गरी दुई वर्ष अघि मात्रै जेल मुक्त भएका थिए । त्यतिमात्र होइन रौतहटका बबन सिंह पनि विहिबार मात्रै ओली समूहमा प्रवेश गरेका छन् । वालुवाटार निकट स्रोतका अनुसार केही दिनमा प्रहरीको नजरमा फरार रहेका कालीबहादुर खाम ‘विविध’ पनि ओली समूहमा प्रवेश गर्ने तयारीमा रहेका छन् ।

रामेछाप स्थायी घर भएका कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या हुँदा तत्कालिन युवा संघका कोषाध्यक्ष महेश बस्नेतको नेतृत्वमा माओावदी विरुद्ध आन्दोलन भएको थियो । सोही आन्दोलनले बस्नेतलाई ओली समूहको किचन क्याविनेटमा प्रवेश गराएको थियो । त्यसपछि बस्नेत युवा संघको अध्यक्ष हुँदै सांसद मन्त्री सम्म बन्न भ्याएका थिए । रामहरी श्रेष्ठको हत्यामा खाम मुछिएपछि तत्कालिन समयमा माओवादीलाई निकै घाटा भएको थियो ।

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो । सम्पर्क कार्यालयमा २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भयो । सो घटना छानबिनका लागि भन्दै गोविन्दबहादुर बटालासहितको टोलीले केशव अधिकारी, गंगाराम थापा र श्रेष्ठलाई ‘उठाएर’ चितवन लगेर हत्या गरिएको थियो । त्यसमा गोविन्द बहादुर बटाला पक्राउ परेर थुनामुक्त भैसकेका छन् । तर खाम भने अझै फरार रहेका छन् । खाम २३ किलो सुन काण्डमा पनि मुछिएका व्यक्ति हुन् । २०६९ सालमा रक्तचन्दन पुर्याएर काठमाडौ फर्केको एक गाडीले सिन्धुपाल्चोकबाट २३ किलो सुन बोकेर आएको थियो । सो सुन बोकेको गाडी कोटेश्वरबाटै अपहरण गरी बौद्ध पुर्याएको थियो । सो सुन कहाँ गयो भन्ने बारेमा अहिलेसम्म खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
नयाँ