काठमाडौं । भारतमा तीन हजार कोरोना भाइरसका सक्रिय संक्रिमत घटेका छन् । संक्रमित थपिने भन्दा निको हुने बढेपछि ३ हजार सक्रिय संक्रमित घटेका हुन् । बिहीबार १९ हजार ४५ जना संक्रमित थपिँदा २२ हजार २३ जना कोरोनामुक्त भएका छन् ।
अहिलेसम्म भारतमा १ करोड २ लाख ८६ हजार ३२९ संक्रमित भएका छन् । ९८ लाख ८१ हजार ७८६ जनालाई निको भएको छ ।
सक्रिय संक्रमित घटेर २ लाख ५२ हजार ६६८ पुगेका छन् । बिहीबार २४४ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउने १ लाख ४९ हजार १८ पुगेका छन् ।
केरलमा सबैभन्दा बढी संक्रमित थपिइरहेका छन् । केही हप्तादेखि केरल सबैभन्दा पीडित बनेको छ । केरलमा बिहीबार ५ हजार २१५ जना संक्रमित थपिँदा ३० जनाको ज्यान गएको छ ।
शीर्ष स्थानको महाराष्ट्रमा ३ हार ५०९ संक्रमित थपिएर १९ लाख ३२ हजार ११२ पुगेका छन् । बिहीबार ५८ जनाको ज्यान गएसँगै मृतकको संख्या ४९ हजार ५२१ पुगेको छ ।
नेपालसँग सीमा जोडिएको बिहार राज्यमा ३९२ जना संक्रमित थपिएर २ लाख ५२ हजार ७९२ पुगेका छन् । १ हजार ३९७ जनाको ज्यान गएको छ ।