काठमाडौं । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका १४० सांसदले अमेरिकी राष्ट्रपतिय चुनावको मतगणनाकोविरुद्ध भोट हाल्ने भएका छन् ।
जनवरी ६ का दिन अमेरिकी कांग्रेसले निर्वाचित जोय बाइडेनको विजयी घोषणा गर्दै छ । सोही दिन मतगणनाको नतिजाविरुद्ध तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेटका प्रतिनिधिहरुले भोट हाल्न पाउँछन् ।
यदि एक राज्यको एक रिप्रिजेन्टेटिभ र एक सिनेटरले मतगणनाको नतिजाको विरोध गरे भने त्यस विषयमा थप छलफल हुन्छ । करिब २ घण्टामा सिनेटमा छलफल हुन्छ ।
त्यसपछि सिनेटका सदस्यहरुले भोट गर्छन् । मतगणनाको नतिजा धाँधली भएको भन्ने पक्षमा नै बहुमत भयो भने उक्त राज्यमा पुन चुनाव हुन्छ ।
ट्रम्पले यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरिरहेको आरोप लागिरहेको छ । सिनेटमा रिपब्लिकनकै सिट बढी भएपनि सिनेटका लिडर मिच क्याकोनेलले कसैलाई पनि मतगणनाको नतिजाको विरोध नगर्न चेतावनी दिएको बताइएको छ ।
१ सय ४० रिप्रिजेन्टेटिभ र केही एकदुई सिनेटले मतगणनाको नतिजाको विरोध गर्न सक्ने बताइएको छ । तर, सिनेटबाट यो विरोधले बहुमत पाउँने सम्भावना निकै नै कम छ । त्यसकारण केही राज्यमा पुन निर्वाचन गराउँने र जित हासिल पार्न खोज्ने ट्रम्पको यो प्रयासलाई व्यर्थ भनिएको छ ।
यो पनि पढ्नुहोस्: