काठमाडौं । न्युर्योक स्टक एक्सचेन्ज (नेसे)ले चिनियाँ सेनासँग लिंक रहेको दाबी भएका तीन ठूला टेलिकम कम्पनीहरुलाई सुचिबाट हटाउने भएको छ ।न्युर्योक स्टक एक्सचेन्जमा सुचिकृत चाइना मोबाइल, चाइना टेलिकम, चाइना युनिकमलाई नेसेले जनवरी ७ देखि ११ सम्ममा हटाउने भएको हो ।
चिनियाँ सेनाको लगानी र नियन्त्रण भएको कम्पनीमा अमेरिकी लगानी रोक्ने एक निर्देशनमा गत नोबेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका थिए । सोही अनुसार यी कम्पनीलाई हटाइन लागेको बताइएको छ ।
उक्त निर्देशनपछि अमेरिकी नागरिकले यो कम्पनीको सेयर किनबेच गर्न प्रतिबन्ध लागेको थियो । यी कम्पनीसँग चिनियाँ सेनाको संलग्नता रहेको र वाल स्ट्रेटको पैंसामा चिनियाँ पुहँच पुगेको समेत अमेरिकी चिन्ता छ ।
राष्टिय सुरक्षाको चिन्ता प्रकट गर्दै कारण ट्रम्प प्रशासनले टिकटक, हुवावेल, टेन्सेन्टगायतका चिनियाँ कम्पनीहरुलाई कडाइ गरेको छ ।