arrow

बालकको हत्या गरी गाडिएका अवस्थामा फेला पर्‍यो शव

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
dead2.jpg

धनुषा । धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको छ ।

प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए ।

मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।”

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए ।



लोकप्रिय समाचार
नयाँ