arrow

सर्वपक्षीय सम्मेलन गरौं, राजा पनि ल्याऔं, विप्लवलाई पनि जोडौं : कमल थापा

‘नभए सडकबाटै माग स्थापित गर्छौं’

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
kamal-thapa10.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत मुलुकमा राजादेखि विप्लवसम्म अटाउने राजनीतिक व्यवस्था कायम गर्न सकिने बताएका छन ।  काठमाडौंमा शुक्रबार भएको राप्रपाको विरोध प्रदर्शनपछिको सभालाई रत्नपार्क शान्तिबाटिकामा सम्बोधन गर्दै थापाले राजादेखि विप्लवसम्म अट्ने नयाँ राजनीतिक व्यवस्थाबाट मुलुकलाई अघि बढाउनु पर्ने बताए ।

‘मुलुकमा अब यस्तो रानीतिक व्यवस्था ल्याऔं, जहाँ राजादेखि कांग्रेस, कम्युनिष्ट, मधेसवादी र विल्लवसम्म अट्न सकुन, त्यसबाट मात्र मुलुक सही दिशमा अघि बढ्न सक्छ’ सम्बोधनका क्रममा अध्यक्ष थापाले भने । अध्यक्ष थापाले मुलुकमा गणतन्त्रवादीहरु पनि उल्लेख्य रुपमा रहेकाले राजा ल्याउँदा पहिले जस्तो निरंकुश नभइ सबैले मान्न सक्ने राजा ल्याउँन सकिने बताए ।

‘अहिले राजालाई निषेध गरिएको छ, हिन्दु धर्मलाई निषेध गरिएको छ, राजा पनि पहिले जस्तो निरंकुश होइन, सबैले स्वीकार्न सक्ने ल्याऔं, हिन्दु धर्मपनि पुर्नस्थापना गरौं,’ अध्यक्ष थापाले भने ।   राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापना अब राप्रपाको मात्रै एजेण्डा नरहेको भन्दै अध्यक्ष थापाले घरघरमा यस बारे बहस हुन थालिसकेको बताए ।
 
थापाले हिन्दु राष्ट्र र राजसंस्थालाई पुर्नस्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने समेत चेतावनी दिए ।  संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भएको भन्दै थापाले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक भूमिका नदेखाउँने हो भने अवस्था नियन्त्रण बाहिर जान सक्ने खतरा रहेको समेत औल्याए ।

थापाले भने,‘कहिले उत्तरबाट कहिले दक्षिणबाट मुलुकको स्वाभिमान, सार्वभौकिता र नेपाली जनताको निर्णयकत्वमाथी हस्तक्षेपको प्रयास भइरहेको छ, विदेशीको चलखेख तिव्र रुपमा बढेको छ, दलहरु जिम्मेवार नभए खतरा छ ।



लोकप्रिय समाचार
नयाँ