काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउने बताएका छन् । शुक्रबार बालुवाटारमा आयोजित बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
यद्यपी प्रधानमन्त्री ओलीले कहिलेसम्म खोप भित्रिन्छ र तयारी केकति भयो भन्ने विषयमा भने कुनै जानकारी दिएनन् । तर, प्रधानमन्त्री ओलीले विश्व स्वास्थ्य संगठनबाट को–भ्याक्स अन्तर्गतको खोप आउन ढिला हुने भन्दा त्योभन्दा छिटो नै खोप भित्र्याउने बताएका छन् ।
ओलीले नेपालमा सरकारसँगै नीजि क्षेत्रलाई समेत कोरोना भाइरसविरुद्धको खोप लगाउँन दिने गरी खोप भित्र्याउने तयारी भइरहेको बताएका छन् । कार्यक्रममा बोल्दै ओलीले भने, ‘निजी क्षेत्रलाई पनि भ्याक्सिन ल्याउनका लागि अनुमति दिने र सरकारका तर्फबाट पनि छिटोभन्दा छिटो ल्याउने र सबैभन्दा पहिला फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जेष्ठ नागरिक र अरु गर्दै सबै नेपालीहरु जसलाई भ्याक्सिन आवश्यक हुन्छ त्यहाँ पुर्याउने गरी तयारी गरेका छौँ’।