arrow

सीआईबीको नक्कली परिचय पत्र बनाउने भारतीय गिरोह पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
cib-giroha.jpg

धनुषा । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नक्कली परिचय पत्र तथा स्टाम्प बनाउने भारतीय गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ रमान्दचौक स्थित संचालनमा रहेको सिटी प्यालेस गेष्ट हाउस एण्ड फेमली रेष्टुरेन्ट होटलबाट चार जना भारतीय गिरोहलाई पक्राउ गरेको हो ।

अपराधिक गिरोह समुहका मानिसहरुले सरकारी कागज दस्तखत छाप किर्ते गरी सीआईबीको नक्कली कागजातहरु सहित गिरोहलाई पक्राउ गरिएको शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार समेलन गर्दै प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए  ।

नक्कली कागजातहरु  तयार गर्दै गरेको व्यहोराको खवर प्राप्त हुन साथ प्रहरी टोली सो स्थानमा खटिई सो होटल भित्र प्रवेश गरी कानुन बमोजिम खानतलासी गरेको थियो ।

होटलको पहिलो तल्लामा रहेको कोठा नं.१०६ मा भारत बिहारका २७ बरषिय समिर साह पक्राउ परे परेका हुन् । सो कोठा खानतलासि गर्दा सो कोठा भित्र टेबल माथि कालो रंगको कपडाको सुटकेश ब्याग रहेकोमा सो ब्यागमा खोलि हेर्दा ब्याग भित्र नेपाल प्रहरी, केन्द्रिय अनुसन्धान ब्युरो बाट जारी भएको भनिएको नक्कलि प्रमाण पत्र, परिचय पत्र, सोहि कार्यालयको छाप लगायत विभिन्न कार्यालयहरुको छापहरु फेला परेको  उपरीक्षक बस्नेतले बताए  ।

समिर साहलाई सोधुछ गर्दा बिभिन्न मानिसहरु समेत समुह बनाई आर्थिक लाभ लिनको लागि उक्त कागजात तथा छापहरु बनाएको बताएका थिए । उनीहरुलाई पनि तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेका प्रहरी उपरीक्षक बस्नेत ले पत्रकार सामु बताए ।

पक्राउ पर्नेहरूमा भारत बिहारका २७ वर्षिय समिर साह, महोत्तरी भंगहा नगरपालिका बस्ने २१ वर्षीय आदित्य कुमार यादव , धनुषा जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने  ३० वर्षीय चन्दन साह र धनुषा बस्ने  ५० वर्षीय रामचन्द्र साह रहेका छन्।

उनीहरुको साथबाट विभिन्न बैंकको स्टाम्प ४० थान, नक्कली सरकारी प्रमाणपत्र, प्लाष्टिकको पेस्तोल तिन थान, विभिन्न बैंकको चेकबुक, नक्कली सिबिआईको परिचय पत्र बरामद भएको छ।

 



लोकप्रिय समाचार
नयाँ