arrow

बारामा तीन अर्ब ३४ करोडको अगहनी धान उत्पादन

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
paddy-rice.jpg

कलैया । बारामा यस वर्ष रु तीन अर्ब ३३ करोड ९६ लाख ७५० बराबरको एक लाख ४५ हजार २०१ मेट्रिकटन अगहनी धान उत्पादन भएको छ ।

कृषकहरुले यस वर्ष सोना मंसुली, सावित्री, स्वर्णसवा एक, सवा मङ्सुली, राधा ११, राधा नौ जातका अगहनी धान कूल ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा खेती गरी धान उत्पादन गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।

 उत्पादन गरिएको धान कलैया बजारमाप्रति क्वीन्टल रु दुई हजार २०० देखि रु तीन हजार ३०० सम्ममा बिक्री भइरहेको प्रमुख यादवले बताए ।

गत वर्ष कृषकले विभिन्न जातको अगहनी धान ३४ हजार १६३ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा धानबालीमा फौजी कीराको प्रकोपले उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञानकेन्द्रले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ