डोटी। डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान जिल्लाको केआईसिंह गाउँपालिका–२ सेलपाखा, उचाकुलामा से१त २३१७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टर चालक शिखर नगरपालिका–११ सिमारका १९ वर्षीय भक्त बलायरको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर सडकबाट करिव तीन सय मिटर तल खसेको छ। स्थानीय मन्दिरको ढुङ्गा बोक्ने क्रममा ट्याक्टर दुर्घटना भएको स्थानीय पुर्ण बमले जानकारी दिए।