रुपन्देही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा नेकपा (ओली समुहका) प्रभावशाली नेता विष्णु पौडेल मिडियामा मुख देखाउन लायक नभएको मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष कृष्ण पहाडीले आरोप लगाएका छन् । शनिवार बुटवलमा आयोजित समाजको २१औं साधारणसभा तथा ११औं अधिवेशनलाई सम्वोधन गर्दै यस्तो आरोप लगाएका हुन् ।
भ्रष्टाचार र दण्डहिनताका कारण वढ्दो आक्रोस, असंवैधानिक एंव अलोकतान्त्रिक तवरले प्रतिनिधिसभा विघटन प्रतिगमनको शिलशिला विषयक अन्तर्क्रिया कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहेका अध्यक्ष पहाडीले जनता र देशमा आउने संकटको सामाना गर्न सवैभन्दा पहिले सडकमा मानवअधिकार तथा शान्ति समाज अग्रभागमा आएको र आगामी दिनमा पनि त्यस विरुद्ध कडा प्रतिवादमा उत्रने बताए ।
पुस ५ गते सरकारले संसद् विघटन गरेर देशलाई एउटा ठूलो दुर्घटनाको वाटोमा लगेको भन्दै उनले, यद्यपी आगामी वैशाखमा मध्यावधि निर्वाचन नभएको खण्डमा देशमा तीन ठूला दुर्घटना हुनसक्ने संकेत गरेका छन् । संविधान रिक्तता हुनु र निर्वाचन नभएपछि देशमा क्षेत्रवादी शक्ति, जातियवादी शक्ति र विदेशी शक्तिको उदय हुने दावी गरे । उनले, ओली समुहका प्रभावशाली नेता तथा रुपन्देही क्षेत्र नंं.२ का प्रतिनिधिसभा सांसद् एंव अर्थमन्त्री पौडेललाई संविधान विपरित कार्य गर्ने सरकारमा रहँदा जनताले निर्वाचनमा दिएको भोटको अवमूल्यन गर्दै अपमान गरेको आरोप लगाए । अलोकतान्त्रिक एंव असंवैधानिक कार्य गर्ने सरकारलाई सहि सल्लाह दिनुको साटो उल्टै सघाएको भन्दै, लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पाख्रेललाई समेत जनता सामु कुन मुखले भोट माग्न जानु हुन्छ भनी पहाडीले प्रश्न गरे।
कार्यक्रममा वोल्ने वक्ताहरुले एउटा पार्टीको आन्तरिक किचलोका कारण देशमा विदेशी शक्तिको चलखेल वढ्दै जाँदा नेपालमा पुनःअशान्तिले टाउको उठाउन थालेको र त्यसका विरुद्ध मानवअधिकार तथा शान्ति समाज शसक्त रुपमा लाग्ने वताउँदै, भ्रष्टाचार र दण्डहिनताका कारण जनतामा वढ्दै गएको आक्रोसले वितृष्णा आएको वताएका थिए ।
अन्तरक्रियामा रुपन्देहीका अग्रज पत्रकार तथा अधिवक्ता वालकृष्ण चापागाईले नेकपाका प्रभावशाली नेता पौडेललाई बुटवलवासीले अलोकतान्त्रिक र असंवैधानिक कार्य गर्न नपठाएको जनाए ।