ओलीको प्रश्न: नेकपालाई असली र नक्कली भन्न बरमझियाको पेंडा हो र ?’
प्रचण्ड-माधव पक्षले दुई अंकको सिट जितेर देखाउन
प्रकाशित २०७७ पुष १८ शनिबार
107
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा दुई अंकको सिट जित्न प्रचण्ड-माधव पक्षलाई चुनौती दिएका छन्। शनिबार ओलीपक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोनध गर्दै उनले दुई अंकको सिट जितेर देखाउन चुनौती दिएका हुन। ‘कमसेकम दुईटा अंकसम्मको सिट ल्याएर देखाउनुस्, दुईटा अंक’, उनले भने।
ओलीले दाहाल-नेपाल पक्ष पुनः पार्टीमा फर्कने दाबी गरे । उनले अब फर्किएपछि उपद्रो मच्चाउन नदिने बताए । साथै उनले फर्किएकाहरुलाई केन्द्रीय कमिटीभन्दा माथिल्लो तहमा नराखिने बताए । ‘अब उहाँहरूलाई थन्कोमा राखिन्छ ।’
ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताए । उनले अघि भने, ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’
ओलीले प्रतिनिधिसभा पुनर्स्थापना नहुने पनि बताएका छन्। उनले देशमा अस्थिरता र लोकतन्त्र खतरामा परेपछि संविधानसभा विघटन गरेको प्रष्टाए ।