arrow

अधिक भिटामिन सीको सप्लिमेन्टले किड्नी ड्यामेज

logo
प्रकाशित २०७७ पुष २० सोमबार
vitamin-c.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीबाट बच्नका लागि भिटामिन सप्लिमेन्ट लिने चलन निकै नै बढेको छ । यही कारणले कतै शरीरका अंगमा ठूलो क्षति हुने सम्भावना बढेर गएको छ । इम्युनिटी सिष्टमलाई मजबुद बनाउने नाममा चिकित्सकले भिटामिन सी खाने सल्लाह दिएसँगै अत्यधिक मात्रामा भिटामिन सीको सप्लिमेन्ट लिनेहरु अहिले किड्नी ड्यामेजको समस्याले सताइएका पाइएको छ । 

अमेरिकी एक विज्ञका अनुसार जरुरत भन्दा बढी भिटामिन सीको को प्रयोगले उल्टै नोक्सान हुने गरेको छ । भिटामिन सीको अधिक प्रयोगले पाचन प्रणालीमा समेत गम्भीर असर पुर्याउने बताइएको छ । 

भिटामिन सीको ज्यादा प्रयोगका कारण आइरन बढेर अर्को बिमारले सताउने बताइएको छ । जरुरी भन्दा बढी आइरनका कारण भित्री अंगहरु ड्यामेज हुने खतरा बढ्ने गरेको चिकित्सकहरु बताउँछन् । 

त्यसैगरी भिटामिन सीको ज्यादा प्रयोगले किड्नी खराव हुन सक्नेछ । भिटामिन सीको बढी प्रयोगले किड्नीमा प्रेसर सामान्यतया भन्दा ४० प्रतिशत बढी पर्न जान्छ । जसले किड्नी ड्यामेज हुने जोखिम बढेर जान्छ । 

भिटामिन सीको ज्यादा प्रयोगले शरीरमा पोषकतत्वमा असन्तुलन हुन गई त्यसले उल्टै असर पुर्याउँछ । भिटामिन सीले पोषकतत्वमा असन्तुलन ल्याउने डाइटिसियन चिकित्सकहरु बताउँछन् । 

शरीरमा भिटामिन सीको मात्रा बढेपछि शरीरको पोषक अवलोकन गर्ने क्षमतामा असर पुग्ने पनि बताइएको छ । 

भिटामिन सी बढी खाँदा भिटामिन बी–१२ मा कमी आउने पनि उल्लेख गरिएको छ । केही चिकित्सकले भिटामिन सी खान सुझाएसँगै भिटामिन बी–१२ पनि सँगसँगै दिने गरेको पाइएको छ । 

त्यस्तै भिटामिन सीको अधिक प्रयोगले अनिद्राको रोग (इन्सोम्निया) हुने सम्भावना बढी हुने चिकित्सकहरुले बताएका छन् । भिटामिन सी यस्तो इम्युन सेल यस्तो पोषक हो जसले शरीरको इम्युन सेल निकै नै सक्रिय बनाइदिन्छ । यसले शरीर सक्रिय बनाउँदा थकान महसुस हुँदैन । तर हरक्षण सक्रिय रहँदा आराम नहुँदा त्यसले निद्रा नलगाउन सक्छ । 

भिटामिन सी ट्याबेल या पाउडरका रुपमा दिनु अझ हानिकारक रहेको छ । यसमा प्रिजर्भ गरिने केमिकलको प्रयोग हुने भएकाले यसले किड्नीमा अनावश्यक दवाव दिने गर्दछ । साथै त्यसमा विभिन्न फ्लेभर पनि राखिएको हुन्छ । यो उत्तिकै खतरनाक हुने चिकित्सकहरुले बताएका छन् । (एजेन्सी)



लोकप्रिय समाचार
नयाँ