काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर जान लागेका एक युवक ५० राउन्ड गोली र पेस्तोलसहित पक्राउ परेका छन् ।
सोमबार मध्याह्न १२ः३५ को उडानमा भद्रपुर जानलागेका २० वर्षीय वृजहाङ राई विमानस्थलबाटै पक्राउ परेका हुन् ।
विमानस्थलमा चेकजाँचका क्रममा स्क्रिनमा शंकास्पद वस्तु रहेको देखिएपछि उनीमाथि खानतलासी गर्दा ५० राउन्ड गोलीसहित पेस्तोल बरामद भएको हो । राईलाई महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।