arrow

सरकारले धान किनेपछि किसान खुशी, थप किन्ने प्रक्रियामा : कार्यालय प्रमुख

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष २० सोमबार
saha1.JPG

जनकपुरधाम । प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोझै कृषकबाट धान किन्न थालेपछि धनुषा, महोत्तरी र सर्लाहीका किसानहरु लाभान्वित भएका छन् । प्रदेश नम्बर २ को खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानहरुबाट प्रत्यक्ष रूपमा धान खरिद गरिएको कार्यालय प्रमुख गंगा प्रसाद साहले जानकारी दिएका छन् ।

प्रमुख साहका अनुसार नेपाल सरकारले मुल्य निर्धारण गरेको अनुसार सोना मन्सुली धानको मुल्य दुई हजार आठ सय पच्चासी रुपैयाँ प्रति कुइन्टल रहेको छ ।

एक जना किसानले भने- 'खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड यो सुबिधा उपलब्ध गराएको हामीहरूलाई धेरै खुशी लागेको छ।'

प्रादेशिक प्रमुख साहले यो बर्ष सोना मन्सुली धान बीस हजार कुइन्टल र बस्मती धान पाँच हजार कुइन्टल किन्ने लक्ष्य रहेका बताए । गोदामको व्यवस्थापन भएपछि बस्मती धान किन्न यो हप्ता भित्र प्रथामिक खरिद समितिबाट खरिद मूल्य कायम गरि किसानबाट प्रत्यक्ष खरिद गरिने प्रमुख साहले जानकारी दिए।

कम्पनीको आफ्नै संयुक्त मिल पनि रहेको र त्यसैबाट चामल तयार गरि बिक्रीवितरण गर्दै आएको छ।



लोकप्रिय समाचार
नयाँ