arrow

इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्वको आईपीओ जारी हुँदै

इतिहासमै सबैभन्दा ठूलो आईपीओ

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
IPO_SHare.jpg

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पूँजी बजारको इतिहासमै सबैभन्दा ठूलो ८ अर्व बराबरको आईपीओ जारी हुने भएको छ । बैंकले माघ २ देखि माघ ६सम्म म्याद रहने गरि आईपीओ ल्याउन लागेको हो । निष्काशनका लागि निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरिसकेको छ।

२० अर्व चुक्ता पूँजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुने बैंकले जनाएको छ । पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशन आइपीओका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तिय संस्था बीएफआई, जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह, तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो । 



लोकप्रिय समाचार
नयाँ