काठमाडौं । अनमोल केसीसँगको अभिनय रहेको ‘ड्रिम्स ‘बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चा र विवादमा पर्दै आइरहेकी छिन् ।
पहिलो फिल्मबाटै अभिनय र सुन्दरताको प्रशंसा बटुलेकी उनले हिजोआज सामाजिक संजालमा पोष्ट भएका आकर्षक तस्विरहरुका कारण चर्चा सुरु भएको छ ।
केही दिनअघि पोष्ट भएको तस्विरले राम्रो तारिफ पाएको छ । केही महिनाअघि नायक भूवन केसीसँग पारिश्रमिकको विवादमा फसेकी उनी यतिबेला फुर्सदमा रहेको जनाएकी छिन् ।
कहिले पारिश्रमिकका बिषय, कहिले वक्षस्थल मुनिको ट्याटू, कहिले प्रेमी देवंश राणासँग रोमान्सका कारण चर्चामा रहने उनको भर्खरै पोष्ट भएको तस्विरले चर्चा पाएको छ ।