काठमाडौं । विश्वकै चर्चित मोडल किम कार्दशिन र गायक कान्ये वेष्टबीचको सम्बन्ध टुटेको छ । उनीहरुको ६ वर्षे वैवाहिक सम्बन्ध टुटेको हो ।
दुई जनाबीच केही समयदेखि सम्बन्ध चिसिँदै आएको थियो । दुई जनाबीच सम्बन्ध टुटाउने बारेमा पटक पटक छलफलसमेत भएको थियो ।
तर यसपालि भने हदै पार भएको बताइएको छ । डेलिमेलका अनुसार ४३ वर्षीय कान्ये कार्दशिनको परिवारसँगको होलिडेमा कहीं पनि तस्वीरमा देखिएका छैनन् ।
पेज सिक्सलाई उधृत गर्दै डेलिमेलले यसपटक उनीहरुले पारपाचुके नै गरेको उल्लेख गरेको छ ।
गत महिना मात्रै यिनीहरु सँगसँगै रहेको दावी गरिएको थियो । तर छुट्टाछुट्टै बसिरहेका थिए ।
कान्येले अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी दिनेसम्मका चर्चा भएदेखि यिनीहरुको सम्बन्ध चिसिएको दावी गरिएको छ । र्यापर गायक कान्येको राजनीतिक निर्णय पनि कार्दशिनसँगको सम्बन्ध बिग्रनुको प्रमुख कारण रहेको बताइन्छ ।
किम निकै ग्ल्यामर मोडल हुन् । र्यापर कान्ये मानसिक रोगीसमेत भएको उल्लेख गरिएको छ । किमले उनलाई सम्झाउने धेरै प्रयास गरे पनि र उचित उपचारका लागि प्रयास गरे पनि असफल भएको बतान्छ ।