arrow

म्यान्चेस्टर सिटी र टोटनह्यामबीच उपाधि भिडन्त, हार्यो म्यान्चेस्टर युनाइटेड

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
ErFNVb0XAAggvrU.jpg

काठमाडौं । इएफएल (काराबाओ कप) फुटबलको उपाधिका लागि म्यान्चेस्टर सिटी र टोटनह्माम हट्सपर भिड्ने भएका छन् । सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको हो ।

बुधबार राति म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै सिटी फाइनलमा पुगेको हो । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको डर्बी म्याचमा सिटी २–० गोल अन्तरले विजयी भयो ।

सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।

जितसँगै पेप ग्वार्डियोलाको सिटीले जोजे मौरिन्होको टोटनह्यामसँग उपाधि भिडन्त गर्नेछ । पहिलो सेमिफाइनलमा च्याम्पियनसिप टिम ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले नै पराजित गर्दै टोटनह्याम फाइनलमा पुगेको हो । उपाधि भिडन्त आगामी अप्रिल २५ मा वेम्बले रंगशालामा हुने जनाइएको छ ।

इंगलिश प्रिमियर लिगमा सिटी र टोटनह्यामको समान २९ अंक रहेको छ । टोटनह्याम १६ खेलबाट र सिटी १५ खेलबाट उक्त अंक हासिल गर्न सफल भएको हो । 



लोकप्रिय समाचार
नयाँ