arrow

काठमाडौंको प्रदूषणमा कमी आएन, शुक्रबार बिहान तेस्रो स्थानमा

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
aqi-kathmandu.JPG

काठमाडौं । गत सोमबार विश्वकै विषाक्त शहर गनिएको काठमाडौंको हावाको गुणस्तर शुक्रबारसम्म आइपुग्दा पनि सुधारिएको छैन । बिहान काठमाडौं विश्वकै तेस्रो स्थानमा रहेको छ । बुधबार दोस्रो नम्बरमा रहेको थियो । 

आईक्यूएयर डटकमका अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणवत्ता मानक (एक्यूआई) १९६ रहेको छ । गत सोमबार अहिलेसम्मकै सबैभन्दा बढी ४८७ रहेको थियो । 
बिहीबार २०३ रहेको थियो । 

बुधबारदेखि मौसममा सुधार आउँदा विस्तारै वायु प्रदूषण पनि घटेर जाने उल्लेख गरिए पनि त्यस्तो हुन सकेको छैन । सरकारले प्रदूषण कम गर्ने कुनै कदम नै चलालेपछि काठमाडौं उपत्यकाबाट प्रदूषण सजिलै नहट्ने देखिएको छ । 

शुक्रबार विश्वकै तेस्रो स्थानमा काठमाडौं रहेकामा काजखस्तानको नुर सुल्तान ३११ सहित पहिलो तथा बंगलादेशको ढाका २५९ सहित दोस्रो स्थानमा छ । 

भारतको मुम्बई चौथो तथा कोलकाता पाँचौं स्थानमा छ । भारतको राजधानी दिल्ली भने आठौं स्थानमा छ । दक्षिण एसिया प्रदूषणको सबैभन्दा मारमा परेको हो । 

एक्यूआई कति हुनुपर्छ रु
एक्यूआई ५० सम्म हुनुलाई उत्तम मानिन्छ । तर त्यो ५० देखिमाथि १ सय पुग्नुलाई सामान्य मान्ने गरिन्छ । एक्युआई २ सय नाघेको अवस्थामा जनस्वास्थ्य अनुकूल मानिँदैन ।

खुला क्षेत्रमा फोहोरमैला बाल्ने, उद्योग कलकारखाना र सवारी साधनले फाल्ने धुँवा र प्रदूषण न्यूनीकरण गर्न तत्काल कदम नचालिनुले पनि यसको स्थिति बिकराल बनाएको छ । 

केही दिनका लागि कलकारखाना बन्द गरी सवारी गुडाउनसमेत कमी गर्दा यसलाई केही हदसम्म सन्तुलनमा ल्याउन सकिने बताइन्छ । 

काठमाडौं उपत्यकामा आठ गुणा प्रदूषण बढेको बताइन्छ । कोरोना भाइरसको लकडाउनले गर्दा काठमाडौं सफा हुँदै आएको भए पनि पछिल्लो समय प्रदूषण ह्वात्तै बढेको छ । 



लोकप्रिय समाचार
नयाँ