झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार राति नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।
बिहिवार राति साँढे ६ बजे ईलाका प्रहरी कार्यालय धुलावारीबाट गस्तिमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा न १४ बाट स्थानीय ३० बर्षिय धनवर राजवंशी, भद्रपुर नगरपालिका वडा न ११ का ३३ बर्षिय हरी राजवंशी र गौरादह नगरपालिका ९ का निराजन पौडेललाई ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले बिहिवार राति साँढे ७ बजे शिवसताक्षी नगरपालिका-१० बाट स्थानीय २३ बर्षिय गोपी शर्मा, बनियानी गाँपालिका-६ का २६ बर्षिय मदन मैनाली र फत्तेपुर गाउँपालिका वडा न १ सप्तरीका १७ बर्षिय अम्बर बराललाई ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।