arrow

धुवाँमुक्त गाउँपालिका बनाउन सिलिण्डर वितरण गरिदै

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ पुष २४ शुक्रबार
cyllender.JPG

दार्चुला । गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियान अन्तर्गत जिल्लाको ब्याँस गाउँपालिकाले सिलिण्डर वितरण गरिरहेको छ । स्वस्थ समाज निर्माणका लागि गाउँपालिकाबासीहरुलाई सिलिण्डर वितरण गर्न लागिएको हो ।

बुधवारदेखि शुक्रवारसम्म वडा नम्बर ४ का मडगाउँ, डोकट लगायतका टोलमा ३ सय ३२ धरधुरीलाई सिलिण्डर वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत शेखर चन्द्र ओझाले जानकारी दिए ।

व्याँसका जनताले यसअघि भान्सामा दाउरा प्रयोग गर्दै आएका थिए । दाउराबाट निस्केको धुवाँ र धुलोले मानव स्वास्थ्यमा असर गर्ने गरेको छ । धुवाँ र धुलोले श्वासप्रश्वास, दम र क्षयरोग लगायतका रोग लाग्ने गर्छ ।

स्वच्छ ब्याँसको परिकल्पना सहित मानव स्वास्थ्यलाई मध्यनजर, वायु प्रदुषण, वन फडानी रोक्नका लागि सिलिण्डर वितरण गर्ने अभियान थालिएको गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए ।

ब्याँस गाउँपालिकाकाले आर्थिक वर्ष ०७५-७६ मा २५ लाख, ०७६-७७ मा ४० लाखको लागतमा सिलिण्डर खरिद गरेको थियो । यस वर्ष करिब चार सय घरधुरीलाई सिलिण्डर वितरण गरिने उहाले बताए । चालु आर्थिक वर्ष २०७७-७८ मा सिलेण्डर खरीदका लागि ४० लाखको टेण्डर आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ