काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले ठूलो कम्युनिष्ट पार्टी बनाएर जनताको विकास र समृद्धिको चाहनालाई अगाडि बढाउन खोजेपनि पार्टीकै नेताहरुका कारण अधुरो रहेको बताएका छन् ।
ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चको धुमबाराहीमा भएको पुर्नगठन भेलालाई सम्बोधन गर्दै ७२ वर्षको इतिहासमा नेपालमा पहिलो ठूलो कम्युनिष्ट पार्टी बनेको र उक्त पार्टीको बहुमतको सरकारले देशलाई विकास र स्थिरतातर्फ लैजादै गर्दा अवरोध भएको बताएका हुन। मन्त्री नेम्बाङ्गले सरकारले ५ लाख युवालाई रोजगार सृजना गर्ने लक्ष्य राखेको बताए । उनले पार्टीको घोषणा पत्रअनुरुप सरकारले काम गरेका समेत बताए
उनले भने, सरकार निर्माण भएको तीनवर्षमा स्वास्थ्यका क्षेत्रमा ७७ वटै जिल्लामा स्वास्थ्य विमाको कार्यक्रम अगाडि बढाएको छ । देशभरी ३ सय ९६ आधारभूत स्वास्थ्य चौकी शिलान्यस भएर निर्माण कार्य सुरु भएको छ । उनले देशभर यो आर्थिक बर्षमा डेढलाख फुसको छाना हटाइने र तीनबर्षभित्र देशका सबै फुसको छाना हटाइसकिने बताए ।
>अर्को एक प्रसंगमा मन्त्री नेम्बाङले पूर्वमन्त्री योगेश कुमार भट्टराईलाई संकेत गर्दै कसैकसैले ताप्लेजुङलाई मिसिङ गरेको समेत बताए । नेम्बाङ्गले विभाजनकारी खेमामा लागेर उल्टै सरकारको विरोध गर्न थालेको समेत उल्लेख गरे ।
उनले प्रधानमन्त्रीले ताप्लेजुङमा पुगेर जनतालाई भोट माग्दै भट्टराई योग्य मान्छे रहेको बताएको समेत स्मरण गराए । उनले भने, ‘ताप्लेजुङवासीले सम्मान र माया गर्नुभयो समृद्ध नेपाल सुखि नेपालीबनाउने चाहाना व्यक्त गर्नुभयो तर उहाँ सरकारकाविरुद्ध लाग्नुभयो।'
त्यस्तै प्रदेश नं। १ सम्पर्क कमिटीका अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य इन्द्र भण्डारीले प्रधानमन्त्री एककिृत पार्टी बनाउन अभियान सुरु भएर सुरुमा एउटै चुनाव चिन्हमा लडौ भन्दा भिन्नाभिन्नै चिन्हमा लडेको बताए । उनले सरकार गठनको बेलामा मन्त्रीको नाम दिने क्रमदेखि नै खोचे थाप्ने भएको बताए ।
मिङ्माकामी शेर्पाको अध्यक्षतामा ५७ सदस्य नेकपा ताप्लेजुङ काठमाडौ आयोजक सम्मेलन कमिटी गठन भएको छ ।