arrow

विमान अझै बेपत्ता, ६२ यात्रुको अवस्था अज्ञात 

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
_116407811_ed0e2f30-45f4-4e.jpg

काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेको केही मिनेटमै समुद्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । तर दुर्घटना भएको लामो समय भइसक्दा पनि अहिलेसम्म यकिन विवरण बाहिर आउन सकेको छैन । 

श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट सम्पर्कविच्छेद भएको थियो । प्रत्यक्षदर्शीहरुले कम्तीमा एउटा विस्फोटन देखेको र सुनेको बताएका छन् ।

उडानहरुको विवरण राख्ने वेबसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको बीबीसीले लेखेको छ । 
माछा मारिरहेका एकजना व्यक्तिले विमान बिजुली चम्किएजसरी समुद्रमा खसेर पानीमा पड्किएको बताएका छन् । 

विमान बेपत्ता भएको क्षेत्र नजिकैको एक टापुका केही बासिन्दाहरुले विमानको जस्तो लाग्ने वस्तु भेटेको बताएका छन् ।


सो विमानसँग अन्तिमपटक स्थानिय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ। देशको यातायात मन्त्रालयले खोजी कार्य भइरहेको जनाएको छ।

विवरणहरूका अनुसार बोइङ ७३७(५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो ।

विमानका सवारका आफन्त र परिवार भने सकारात्मक समाचारको प्रतिक्षामा रहेका छन् । 

यसअघि बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए । तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो । जसमा १८९ जनाले ज्यान गुमाएका थिए।



लोकप्रिय समाचार
नयाँ