काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउँसो राष्ट्रिय सभामा सम्बोधन गर्दैछन् ।
दिउसो १ बजे गर्ने सम्बोधन के कस्ता विषयमा केन्द्रित हुन्छ भन्ने निश्चित नभएपनि पछिल्लो राजनीतिक घट्नाक्रम नै प्राथमिकतामा पर्ने बताइन्छ ।
कामचलाउ प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा गर्ने सम्बोधनलाई राजनीतिक विश्लेषक मुमाराम खनालले भने प्रश्न उठाएका छन् ।
आइतबार विहान सामाजिक संजालमार्फत उनले भनेका छन- ‘संविधानको ठाडो उलंघन गरेर मनपरी ढंगले प्रतिनिधिसभा विघटन गर्ने कामचलाउ प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा राष्ट्रिय सभालाई ‘संबोधन’ गर्ने होला ? अनि आफ्ना विरोधीमाथिको प्रतिक्रिया र गालीलाई ‘संबोधन’ नभनेर अरु केही भनिदिए पनि हुन्थ्यो।’