काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतसँगको सम्वन्ध नयाँ उचाइमा पुगेको बताएका छन ।
राष्ट्रिय सभाको बैठकमा आइतबार धारणा राख्दै प्रधानमन्त्री ओलीले भारतसँगको सम्वन्ध नयाँ उचाइमा पुगेको बताएका हुन ।
उनले लिपुलेक र लिम्पिया धुरालाई नेपालको नक्सामा समावेश गरेपछि कतिपयलाई सम्वन्ध बिग्रेको भन्ने लागेको तर आफूले मित्रता उचाइमा लैजानकै लागि विगत देखिको विषयलाई अन्त्य गर्ने प्रयास गरिरहेको र त्यो नयाँ उचाइमा पुगेको बताएका हुन ।
उनले मित्रवत रुपमा आफ्नो जायज धारणा अघि बढाउँदा डराउनु नपर्ने भन्दै आफ्नो खेतको सिरानबाट पानी बग्दा आफ्नो खेत बाँझै भयो भन्न आँट गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले सुगौलीसन्धी पहिले कुमाउ गढवालसम्म नेपालको भूमी रहेको र सुगौलीसन्धीपछि महाकाली पूर्व मात्रै नेपालको भूमी दाबी गरिएको बताए । लिम्पियाधुरामा चिन र भातको युद्धका समयमा भारतीय सेना ल्याएर राखिएको तर अहिले आफूले त्यो हाम्रो भूमी हो भनेर दाबी गरेको बताए ।
सीमा समस्यालाई मित्रवत रुपमा अन्त्य गर्न आफू प्रयत्नरत रहेको र सकरात्मक रुपमा सफलता हात पर्ने पनि चरणमा रहेको पनि उनले बताए ।