काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री वा पार्टीको अध्यक्ष पद कसैले माग्दैमा दान दिन नसकिने बताएका छन् ।
आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै ओलीले निर्वाचित भएर आएको प्रधानमन्त्रीलाई हट्नुपर्छ भन्नु कहाँसम्म उचित हुन्छ ?’उनले भने, अहिले स्थिरताको अवस्था भएकाले प्रधानमन्त्री अहिले फेरबदल हुन सक्दैन ।’
उनले प्रश्न गर्दै भने, प्रधानमन्त्री किन छाड्ने ? कसलाई छाड्ने, यो दान हो र कमान्डलु थाप्ने वित्तिकै लौ भनेर दिने ? यो मोरसिक्का हो प्रधानमन्त्रीको जिम्मेवारी भनेको ?’ उनले अघि भने,‘यो जनताले दिएको जिम्मेवारी हो ।’
उनले आफूले भारी मनका साथ पाँच बर्ष नै प्रधानमन्त्री चलाउ भन्ने थियो तर अस्वस्थ्य कामहरु भएकाले समस्याहरु देखिएको बताए ।
ओलीले स्थीरता र स्थायित्व हुन नदिन मैंले नै दिएका अवसरलाई दुरुपयोग गरेर केही ब्यक्तिहरु आफैंतिर झम्टिएको आरोप लगाए ।
उनले निर्वाचनबाट जितेर आएको प्रधानमन्त्रीलाई केही व्यक्ति हटाउन लागि परेको र आफूले नै दिएको अवसरको दुरुपयोग गरेर सिंह बन्न खोजेको समेत आरोप लगाए । आफूले जिम्मेवारीका साथ काम गरिरहेकाले संविधान अनुसार आफू अघि बढेको बताए ।