‘मध्यावधि निर्वाचनमा जाने कुरा प्रणाली बचाउने सोच’
प्रकाशित २०७७ पुष २६ आइतबार
421
Shares
कावासोती । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मध्यावधि निर्वाचनमा जाने कुरा प्रणाली बचाउने अग्रगामी सोच भएको बताएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य रायमाझीले अविश्वासको प्रस्तावबाट सरकार ढलेर सरकारविहीनताको अवस्था आई गणतन्त्र नै ध्वस्त बन्ने सम्भावना रहेको जनाउँदै निर्वाचन गराउने प्रधानमन्त्रीको सोच पद्धति बचाउने अग्रगामी भएको विचार व्यक्त गरे ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, पूर्वमन्त्री खगराज अधिकारी, जगत विश्वकर्मालगायत नेताले सम्बोधन गरेका थिए ।