गलत प्रवृत्तिविरुद्ध वैचारिक बहस जरुरी छ : मन्त्री भट्ट
प्रकाशित २०७७ पुष २८ मंगलबार
164
Shares
सुदूरपश्चिम । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पार्टीभित्रको गलत प्रवृत्तिका विरुद्ध यतिबेला वैचारिक बहस गर्न जरुरी भएको बताएका छन् ।
नेकपा कैलालीको मंगलबार धनगढीमा भएको जिल्ला कमिटीको तेस्रो बैठकमा उनले पार्टीभित्र जन्मेको प्रतिपक्षीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्रीले संविधानबमोजिम प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशमा जाने निर्णय लिएको बताए ।
अहिलेको अवस्थामा पार्टीलाई जनतामाझ पुनःस्थापित गर्न सक्रियता देखाउनुपर्नेमा जोड दिदै मन्त्री भट्टले भने, “आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने प्रतिबद्धतासहित तयारीमा अहिल्यैदेखि जुट्नुपर्छ ।”
सो अवसरमा स्थायी समिति सदस्य भट्टले सो पार्टीका मनोनीत प्रदेश र जिल्ला कमिटीका सदस्यलाई शपथसमेत गराएका थिए ।