ललितपुरको दक्षिणी भेगमा विप्लव नेतृत्वको नेकपामाथि प्रहरी कार्वाही
उच्च नेतृत्व पक्राउ परेको आशंका
प्रकाशित २०७७ पुष २९ बुधबार
63
Shares
काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुर र प्रहरीको विशेष व्यूरोको संयुक्त कमाण्डले जिल्लाको दक्षिणी भेगमा नेत्रविक्रम चन्द विप्लव समूहमाथि कारवाही शुरु गरेको छ ।
कारवाहीको क्रममा सो समूहका उच्च नेताहरु पक्राउ परेको आशंका गरिएको छ । सो समूह विरुद्ध खानतलासी भैरहेको ललितपुर परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यले पुष्टि गरेका छन् ।
प्रहरी स्रोतका अनुसार विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र वास्तोला पक्राउ परेको बताइएपनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।