arrow

मलेसियामा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
malaysia3.jpg

क्वालालमपुर ।  मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना संक्रमित भएका हुन् । यो सङ्ख्या महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको उनीहरुले जनाएका छन् ।

मलेसियामा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार ८५५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 
मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहद्वारा जारी प्रेस वक्तव्यमा एकैदिनमा संक्रमितमध्ये तीन हजार ३३० जना स्वदेश भित्रै एक अर्कामा सरेर संक्रमित भएको उल्लेख गरिएको छ ।

उनले कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये १५ जनाको मृत्यु भएको पनि जानकारी दिए । योसँगै मलेसियामा कोरोनाबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ ।

मलेसियामा अहिलेपनि ३३ हजार ९८९ जना संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
नयाँ