कुवेतमा नेपाली युवतीले काम गर्ने घरमै झुन्डिएर गरिन आत्महत्या
प्रकाशित २०७७ माघ ४ आइतबार
246
Shares
काठमाडौं । कास्की घर भई करिब आठ बर्ष देखी कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत बुद्दिसीरी परियारले झुन्डिएर आत्महत्या गरेकी छिन। ३६ वर्षीया बुद्दिसिरीले १४ जनावरी बिहीवार २०२१ का दिन काम गर्ने घरमै झुन्डिएर आत्महत्या गरेकी हुन।
नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले बुद्दिसीरी परियारले आत्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली राजादूताबासमा आएको बताए।
सिलवालले भने,‘सन २०१३ मा श्रम स्वीकृति लिएर उनी घरेलु कामदारको रुपमा पहिलो पटक कुवेत आएको रेकर्डमा देखिएको छ भने सन २०१५ मा छुट्टी गएर पुनः फर्किएको देखिन्छ।
उनको मृत्युको पूर्ण बिबरण भने प्राप्त भैसकेको छैन। मृतकको परिवारसंग सम्पर्क भैसकेको र स्पोन्सर साथै परिवारसंग समान्वय गरी दूताबासले कानुनी प्रकृया शुरु गरिसकेको छ। जिएनएन