काठमाडौं । बुधबार (जनवरी २०) अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले सपथ ग्रहण गर्दै छन् ।
पूर्वीय समय अनुसार बिहान साढे साढे एघा बजे बाइडेनले सपथ लिँदैछन् । नेपाली समयअनुसार आज (बुधबार) राति सवा दश बजे सपथ ग्रहण कार्यक्रम रहेको छ ।
अमेरिकी समयअनुसार आज दिउँसोबाट बाइडेन अमेरिकाका राष्ट्रपति हुनेछन् भने, ट्रम्प आजै ह्वाइट हाउसबाट बाहिरिने छन् ।
कोरोना भाइरसको माहामारीका कारण शपथ ग्रहण कार्यक्रममा धेरै जना सहभागी हुन पाउँने छैनन् ।
युएसएटुडेका अनुसरा अमेरिकी संसद भवनमा हुने शपथ ग्रहण कार्यक्रममा करिब दुई हजार जना सहभागी हुनेछन् । जसमा बाइडेन र कमला ह्यारिसपक्षका दुई सय भीआईपी रहनेछन् ।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण कार्यक्रममा करिब ३ लाखदेखि ६ लाख मानिस सहभागी भएका थिए ।
राजधानी वाशिंगटनमा सुरक्षाका लाथि पच्चीस हजार सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन् । यो संख्या यसअघिको सपथ ग्रहण कार्यक्रमभन्दा अढाइ गुणाले बढी हो ।
बाइडेनको सपथ ग्रहण कार्यक्रम विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा लाइभ हेर्न सकिने छ ।