काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ४६औं राष्ट्रपतिका रुपमा सपथ लिने स्थलमा मानिसहरुको उपस्थिति न्यून छ ।
वासिंटन डिसीमा रहेको संसद भवन क्यापिटल हिलको पश्चिम तर्फको अग्रभागमा सपथग्रहण समारोह आयोजना गरिएको छ ।
कोराना भाइरसको महामारीका कारण विगतका सपथग्रहण समारोहमा दर्शकको भींडभाड हुने स्थानमा अहिले झण्डाहरु फहराइएको छ ।
समारोहमा उपस्थीत हुन नसकेकाहरुको प्रतिनिधित्वको रुपमा झण्डै २ लाख झण्डाहरु फहराइएको छ । विगतका सपथग्रहणमा सांसदले आफ्ना क्षेत्रमा वितरणका लागि झण्डै २ लाख टिकट प्राप्त गर्थे ।
तर यसपटक कोरोनाको महामारीका कारण जम्मा ३ हजारको हाराहारीमा टिकटसहितका व्यक्तिलाईमात्र क्यापिटल ग्राउण्डमा अनुमति दिइने छ । एजेन्सी