काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा पूर्व जनमुक्ति सेनाका कमाण्डहरुसँग भेटेका छन् ।
भेटघाटका क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुले पुर्याएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको सुनाएका थिए ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भेटवार्ताबारे जानकारी गराएका हुन । भेटका क्रममा कमाण्डरहरुलाई ओलले भने, ‘नेतृत्वले तपाईहरुका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरु जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरु ढुक्क हुनुहोस, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’ पूर्व कमाण्डरहरु को को बालुवाटार पुगेका थिए भन्ने स्पष्ट पारिएको छैन ।