काठमाडौं । मालीमा विद्रोहीको आक्रमणमा परी ६ जना सैनिक मारिएका छन् । पश्चिमी अफ्रिकी मुलुक मालीको बुर्किना फासोको सीमा नजिकै भएको हमलामा केही सैनिक घाइते भएको जनाइएको छ ।
सरकारी सेनाले विद्रोहीहरुतर्फ ३० जनाको मृत्यु भएको दावी गरेको छ । विद्रोही विरुद्धको कारवाहीमा उनीहरुको साथबाट ठूलो मात्रामा बन्दोबस्तीका सामग्रीसमेत नियन्त्रणमा लिएको सेनाको दावी छ ।
सन् २०१२ देखि मालीमा राजनीतिक अस्थिरता सुरु भएसँगै विद्रोहीहरुले हिंसात्मक गतिविधि गर्न थालेका छन् ।
विभिन्न जातीय समूहहरुले सशस्त्र गतिविधि सञ्चालन गर्न थालेसँगै मालिका विभिन्न क्षेत्र विद्रोहीको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।