काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध युवाहरुले चितवनमा टायर बालेर विरोध जनाएका छन् । प्रधानमन्त्री आउने भएपछि त्यसको विरोधमा नारायणगढको मुख्य सडकमा कालो पर्चा फाल्दै टायर बालिएको हो ।
संसद विघटनपछि पहिलो पटक चितवन गएका ओलीका विरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका युवाहरुले टायर बालेका हुन । प्रचण्ड-माधव समूहको अनेरास्ववियू आबद्ध विद्यार्थीले सरकारविरुद्ध पर्चा पम्प्लेटिङ देखि सडकमा टायर बालेर विरोध गरेका हुन् ।
उनीहरुले लायन्सचोक देखि पुल्चोक हुँदै पोखरा बसपार्कसम्मको सडकखण्डमा ‘असंवैधानिक कदम खारेज गर’, ‘निरंकुशता लाद्न पाइदैन’, ‘प्रतिगामीहरु होसियार’ लगायतका नारा लेखिएको पर्चा छरेका छन् ।